फागुन तेस्रो सातादेखि स्ववियु निर्वाचनको प्रक्रिया
त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आगामी चैत ५ गते हुन लागेको निर्वाचनको तालिका आज सार्वजनिक गरिएको हो । फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ, संगठन, समूह दर्ता गर्ने समय दिइएको छ ।
फागुन २१ गते बिहान १० बजे मतदाता सूचना प्रकाशित, फागुन २५ गते दिँउसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध, फागुन २६ गते बिहान ११ देखि दिँउसो २ बजेसम्म उम्मेदवारको लागि मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ ।
सोही दिन ५ बजे दुबैतर्फको उम्मेदवारको नामावली प्रकाशित, फागुन २८ गते बिहान ११ देखि २ बजेसम्म दुबैतर्फको उम्मेदवारको नामावलीउपर दाबी विरोध, ५ बजे दाबीविरोध गरी उम्मेदवारको नामावली प्रकाशित, फागुन २९ गते १ बजेसम्म उम्मेदवारको नाम फिर्ता र २ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ ।
चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
टिप्पणीहरू