सभामुखलाई औंला ठड्याउँदै संसदबाट निस्किइन् सुमना

सभामुखलाई औंला ठड्याउँदै संसदबाट निस्किइन् सुमना
सुन्नुहोस्

सभामुख देवराज घिमिरेले आफूलाई बोल्ने समय उपलब्ध नगराएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभाको बैठक कक्षबाट बाहिरिएकी छन् ।

आकस्मिक समयमा आफूलाई बोल्न सभामुखले समय नदिएको उनको आरोप छ । सभामुखले पटक पटक समय लिएर बोल्न पाइने भन्दै नियमावलीबारे सम्झाउने कोशिस गर्नुभएको थियो । तर, शुन्य समय शुरु हुन लागेपछि उनले पहिले टेबल ठटाइन् । त्यसपछि सभामुखप्रति औंला ठड्याउँदै बाहिर निस्केकी हुन् ।

आजको बैठकमा उनकै पार्टीका सांसद मनिष झाले बोलेका थिए ।

टिप्पणीहरू