एमाले बैठकमा पूर्व आइजीपी उपस्थित
सत्तारुढ नेकपा एमालेले संसदमा विचाराधीन नेपाल प्रहरी विधेयकबारे विज्ञ सम्मिलित विशेष छलफल आयोजना गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले छलफल चलिरहेको छ, जहाँ सो पार्टीका नेता, सांसद, कानुनका जानकार र पूर्वप्रहरी अधिकारी सहभागी छन् ।
प्रमुख सचेतक महेश बर्तौलाको अध्यक्षतामा बसेको बैठकमा सचेतक सुनिता बराल, पार्टी सचिव योगेश भट्टराई, भूतपूर्व कानुनमन्त्री तथा नेता अग्नि खरेल, भूपू आइजीपी प्रकाश अर्याललगायत डेढ दर्जन सहभागी रहेको बताइएको छ ।
विधेयकको समग्र पक्षबारे विज्ञसँग परामर्श लिएर ठोस धारणा बनाउन छलफल आयोजना गरेको जनाइएको छ ।
टिप्पणीहरू