भारतीय प्रधानमन्त्री ट्रम्पको शपथपछि अमेरिका पुग्ने चौथो विदेशी पाहुना

भारतीय प्रधानमन्त्री दुई दिने अमेरिका भ्रमणको क्रममा राजधानी वाशिंगटन डिसी पुगेका छन् । उनी फ्रान्सको राजधानी पेरिसमा आयोजित एआई सम्बन्धी सम्मेलनमा सहभागी भएर अमेरिका गएका हुन् ।
शपथग्रहण गरेको तीन सातामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा चौथो विदेशी पाहुनाको रुपमा मोदीलाई स्वागत गर्न लागेका हुन् । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जापानी प्रधानमन्त्री शिगेरु इशिवा र जोर्डनका नरेश अब्दुल्लासँग ट्रम्पले भेटवार्ता गरिसकेका छन् ।
राष्ट्रपतिले विश्वका सबै मुलुकबाट अमेरिका प्रवेश गर्ने सामानमा कर बढाएको, गाजा क्षेत्रको समस्या र ठूलो संख्यामा आप्रवासीहरुलाई अमेरिकाबाट निष्कासन गरेको सन्दर्भमा भएको मोदीको भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसअघि उनले अमेरिका पुगेलगत्तै अमेरिकी इन्टेल कम्पनीका प्रमुख तुलसी गाबार्डसँग भेट गरेर सांकेतिक रुपमा अमेरिकी अधिकारीहरुलाई छुट्टै सन्देश दिन खोजेको भारतीय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।
टिप्पणीहरू