ट्रम्पलाई चीनको जवाफ : अमेरिकी सामानमा १५ प्रतिशत कर
चीनले केही अमेरिकी सामानमा १५ प्रतिशत आयात कर लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट आयात गरिने सामानमा शुल्क लगाएको घोषणासँगै चीनको पछिल्लो जवाफ आएको छ ।
यसअघि अमेरिकाले सबै चिनियाँ उत्पादनमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको जनाएको थियो । हिजो मात्रै सबै स्टील र एल्म्युनिएममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाइएको छ ।
चीनले अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास आयातमा १५ प्रतिशत सीमा कर समावेश गरेको छ । अमेरिकी कच्चा तेल,कृषि मेसिनरी र ठूला इञ्जिनका कार आयातमा पनि १० प्रतिशत आयात शुल्क लगाइएको घोषणा गरिएको छ ।
टिप्पणीहरू