पर्यटकीय राजधानी घोषणा भएको अवसरमा भ्रमण वर्ष

पर्यटकीय राजधानी घोषणा भएको अवसरमा भ्रमण वर्ष

पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । महानगरले आउँदो फागुन ३ गते नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा औपचारिक कार्यक्रम गरी ‘पोखरा भ्रमण वर्ष, २०२५’ को घोषणा गर्दैछ । 

भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई दिन सक्ने आकर्षक प्याकेज उपलब्ध गराउन महानगरले पर्यटन व्यवसायीहरुलाई आह्वान गरेको छ । 

‘पोखरा महानगरपालिकाको तर्फबाट ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई भव्य रुपमा सफल पार्नका लागि पोखरामा क्रियाशील विभिन्न संघसंस्था, पर्यटनसम्बद्ध व्यवसायिक प्रतिष्ठान र पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेका विभिन्न समितिहरुलाई यसअघि पनि आआफ्नो तर्फबाट भ्रमण वर्ष अवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकहरुका लागि समेत दिन–पस्कन सक्ने पर्यटन प्याकेजहरु उपलब्ध गराउन अनुरोध गरिएको र कुनै कारणवश छुट हुन गएकाहरुको हकमा उल्लेखित प्याकेजहरु औपचारिक रुपमा माघ २८ गतेसम्म उपलब्ध गराउन सूचित गराइन्छ’, सूचनामा उल्लेख छ । 

पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको थियो । पर्यटकीय राजधानी घोषणा भएको एक वर्षको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । यस अवधिभर २० लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ।

टिप्पणीहरू