श्रवण एक,माला दुई

श्रवण एक,माला दुई

श्रीपञ्चमीको दिन आज काठमाडौंको हनुमानढोकामा वसन्त श्रवण गरिएको छ । बिहान पौने ८ बजेदेखि शुरु भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली,प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे,राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरुले वसन्त श्रवण गरेका छन्  । 

नासलचोकमा आयोजित कार्यक्रममा राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्रीलाई एक किसिमको माला र प्रधानन्यायाधीश,सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई अर्कै किसिमको मालाले स्वागत गरिएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यको गलामा पनि प्रधानन्यायाधीश,सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई लगाइएको माला देखिन्छ । 

एउटै कार्यक्रम र  एउटै मञ्चमा उपस्थित संवैधानिक अंगका प्रमुखहरुलाई मालामा गरिएको पनपच्छेले गलत अर्थ लाग्ने बताइन्छ । प्रधानमन्त्री पत्नीलाई प्रधानन्यायाधीश,सभामुख र राष्ट्रिय सभा अध्यक्ष सरहको माला र राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्रीलाई त्योभन्दा केही महँगो र आकर्षक माला किन लगाइएको होला ? जिज्ञासा उत्तिकै छ ।

टिप्पणीहरू