शिक्षकको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउने सरकारको अघिल्लो घोषणा अलपत्र

शिक्षकको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउने सरकारको अघिल्लो घोषणा अलपत्र
सुन्नुहोस्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले आज ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै शिक्षकले काम गरेबापतको तलब भत्ता मासिक भुक्तानी गर्न भनिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबारको पत्रबमोजिम परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । परिपत्रमा लेखिएको छ, ‘कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएकोले पत्रको छायाँप्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को बजेट र नीति तथा कार्यक्रममार्फत शिक्षकलाई मासिक रुपमा तलबभत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि तीन–तीन महिनामा मात्रै शिक्षकले तलब भत्ता पाउँथे । तर, सरकारको घोषणापछि पनि शिक्षकहरुले मासिक रुपमा तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले संघीय मामिला मन्त्रालयमार्फत् उक्त व्यवस्था कार्यान्वयनको निम्ति सम्पूर्ण स्थानीय तहलाई परिपत्र गरेको हो ।
 

टिप्पणीहरू