रोशीको बाढीले खण्डहर बनेको भूमेडाँडा बस्ती (तस्वीरहरु)
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर १२ स्थित रोशी खोला किनारमा रहेको भूमेडाँडा बस्ती खण्डहर बनेको छ ।
गत बिहीबारदेखि तीनदिनसम्म परेको अविरल वर्षाका कारण शनिबार रोशी खोलामा आएको भीषण बाढीले यहाँका अधिकांश घर बगरमा परिणत भएका छन् । बाँकी रहेका घर पनि बस्ने लायकका छैनन् ।
बाढीले खेतबारीमा लगाएको अन्नबालीदेखि घर, स्कुल, ट्रिपर, डोजरसम्म बगाएर लगेको छ । विपत् गएको छ दिन बितिसक्दा समेत सरकारले वास्ता नगरेको पीडितले गुनासो गरे ।
स्थानीयहरु सबैको एकै श्वर छ, ‘हामी जोगियौं तर सबै गुमायौं, अब कसरी उठ्ने हो थाहा छैन ।’
बाढीले पनौती बजारसम्म असर पुर्याएको छ । नगरक्षेत्रका २० जनाको ज्यान गएको छ भने एक हजार बढी घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् । दुई हजार बढी पशुधनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।













टिप्पणीहरू