सिभिलमा चार महिनादेखि निरन्तर धर्ना
काठमाडौंको मीनभवनस्थित सिभिल सर्भिस हस्पिटलका कर्मचारी आज पनि धर्नामा बसेका छन् ।
'करार कर्मचारी हित संघर्ष समिति' बनाएर लामो समयदेखि लगातार संघर्ष गरिरहेका कर्मचारीहरुले आज १२० औँ दिन धर्नालाई निरन्तरता दिएका हुन् । दिउँसो साढे १ बजेपछि कालो ब्यानर र प्लेकार्डसहित शुरु भएको धर्नाको नेतृत्व समितिका संयोजक जानुका रिजालले गरेकी छन् ।
अस्पतालमा कार्यरत करार रेडियोलोजीतर्फका कर्मचारीलाई आन्तरिक प्रतिष्पर्धाबाट पदोन्नति गर्ने प्रशासनको निर्णय सच्याईनुपर्ने लगायत उनीहरुले पांच बुँदे माग राखेका छन् ।
अस्पताल प्रशासनले भने करारका कर्मचारीलाई सोझै स्थायी गर्नुपर्ने उनीहरुको माग रहेको जनाएको छ ।
टिप्पणीहरू