'वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार'का लागि आवेदन माग

'वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार'का लागि आवेदन माग
सुन्नुहोस्

यस वर्षको वातावरण पत्रकारिता पुरस्कारका लागि आवेदन मागिएको छ । वातावरण विभागले आज सूचना प्रकाशित गर्दै आगामी १५ दिनभित्र आवेदन दिन भनेको हो । 

माध्यमबाट वातावरण संरक्षणका क्षेत्रमा समचार लेख्ने पत्रकारले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । विभागका अनुसार २०८० वैशाख १ गतेदेखि ०८० चैत मसान्तसम्म प्रकाशित-प्रसारित सामग्रीको प्रमाणसहित निवेदन पेश गर्नुपर्ने छ । 

यससम्बन्धी विस्तृत जानकारी विभागको वेबसाइटमा राखिएको छ । वातावरण विभागले हरेक वर्ष वातावरण दिवसको अवसरमा यस्तो पुरस्कार वितरण गर्दै आएको छ ।

टिप्पणीहरू