बर्दियामा किशोरी, दैलेखमा महिला बलात्कृत

बर्दियामा किशोरी, दैलेखमा महिला बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी र दैलेखमा २५ वर्षीया महिला बलात्कृत भएका छन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ भगतपुरका २३ वर्षीय सन्तोष न्यौपाने र महिला बलात्कार गरेको अभियोगमा गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उता खड्काले महिलालाई डुङ्गेश्वर गाउँपालिका–६, लटालीस्थित बाटोको तल्लो भागमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा घोडाबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू