अभिनेत्री निशा अधिकारीको पिएचडी उडान

अभिनेत्री निशा अधिकारीको पिएचडी उडान

अभिनेत्री निशा अधिकारीले द्वन्द्व, शान्ति र विकास बिषयमा विद्यावारिधी (पिएचडी) गर्न लागेकी छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट उक्त विषयमा पिएचडी गर्न लागेको जानकारी दिएकी छन् ।

क्रिकेट खेलाडी शरद भेषवाकरसँगको वैवाहिक सम्बन्धमा खटपट भएपछि अमेरिकाबाट नेपाल आएकी उनी पछिल्लो समय उनी अंश र माना चामल मुद्दाका कारण चर्चामा थिइन् ।

"अदालतले निशाले एक तिहाई सम्पत्ति मात्र पाउने र भरणपोषण खर्चवापत शरदले मासिक ४१ हजार उपलब्ध गराउनुपर्ने फैसला फागुनमा सुनाइसकेको छ ।"

त्यसबेला उनले फेसबुकमा लामो स्टाटस लेख्दै श्रीमान (शरद)को सम्पतिमा आफ्नो कुनै गलत नियत नरहेको प्रतिक्रिया दिएकी थिइन् । छोरोको भविष्य सुरक्षित बनाउन कानूनअनुसार नै मुद्दाको प्रक्रियामा गएको उनको जिकिर थियो । 

निशाले ०७९ भदौ २८ गते काठमाडौँ जिल्ला अदालतमा शरदविरुद्ध अंश र माना चामल मुद्दा दायर गरेकी हुन् । मुद्दामा दुई तिहाइ सम्पत्ति पाउनुपर्ने र शरदले भरणपोषण खर्चवापत छोरा र आफूलाई जनही ५० हजार रुपैयाँको दरले मासिक एक लाख रुपैयाँ दिनुपर्ने पनि उनको माग थियो । 

तर,अदालतले निशाले एक तिहाई सम्पत्ति मात्र पाउने र भरणपोषण खर्चवापत शरदले मासिक ४१ हजार उपलब्ध गराउनुपर्ने फैसला फागुनमा सुनाइसकेको छ ।

टिप्पणीहरू