लाखौंका खाद्यान्न र तरकारीमा भन्सार छलियो, साथमा सयौं सुरुवाल

लाखौंका खाद्यान्न र तरकारीमा भन्सार छलियो, साथमा सयौं सुरुवाल
सुन्नुहोस्

भन्सार छलेर नेपाल ल्याइएका झण्डै पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न तथा तरकारी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट भन्सार छलेर ल्याइएको चार लाख ८९ हजार ८५० रुपैयाँ बराबरको खाद्यान्न तथा हरियो तरकारी बरामद गरेको बताइएको छ ।

विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले पर्साका विभिन्न स्थानबाट गोलभेडा, कटहर, हरियो खुर्सानी, मैदा, पापडलगायत त्यस्ता सामान नियन्त्रणमा लिएको होे ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित सडकखण्डबाट दुई लाख ८१ हजार ६० रुपैयाँ बराबरको हरियो खुर्सानी ८८९ केजी, गोलभेडा २३५० केजी र कटहर ३५०० केजी बरामद गरिएको छ ।

 

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१, छपकैयाबाट दुई लाख ८ हजार ७९० रुपैयाँ बराबरको मैदा २३ सय केजी, पापड १२८ केजी पनि बरामद भएको छ । प्रहरीले सुरुवाल ६९७ थान पनि फेला परेको जनाएको छ ।

टिप्पणीहरू