चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता
सुन्नुहोस्

प्रहरीले डेढ दर्जनभन्दा बढी चोरीका मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका मोटरसाइकलहरु सवारी धनीको जिम्मा लगाएको हो । 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले आज २० वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको जानकारी दिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका उक्त सवारी साधन खोजतलास गरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सवारी धनीलाई फिर्ता गरिएको हो । 

कार्यालयले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको छ । एकान्त र सुनसान स्थानबाट सवारी साधन चोरी हुने गरेको पाइएपछि कार्यालयले आफ्नो सवारी साधन सुरक्षाका लागि जनचेतना पनि फैलाउँदै आएको छ ।

टिप्पणीहरू