ऋषि धमलाको कार्यक्रममा शर्मिला वाइवाको नाम 'सामाजिक अभियन्ता'

ऋषि धमलाको कार्यक्रममा शर्मिला वाइवाको नाम 'सामाजिक अभियन्ता'

जमाना सामाजिक सञ्जालको छ । एउटा सानो घटनालाई पनि सञ्जालले रातरात भाइरल बनाइदिन्छ । अधिकांश प्रयोगकर्ताले पनि त्यस्तै सामाग्री रुचाउछन् । 

म्याकुरी नामले चिनिने कलाकार पवन खतिवडा र उनकी श्रीमती सुम्निामा खालिङबीचको विवाद केही दिनयता सामाजिक सञ्जालमा चर्चित छ । शुरुमा सुम्निमाले केही युटूबर जम्मा गरेर घटना बाहिर ल्याइन् । अर्को दिन पवनले पनि तीनै युटूबर बटुलेर आफ्ना कुरा राखे ।

श्रीमान-श्रीमतीको झगडा परालको आगो भनिन्छ । तर, युटूबरले झन् आगोमा घ्यू थपिदिए । परिणामत: यो जोडी पुन: मिल्ने सम्भावना लगभग अन्त्य भएको दुबैका कुराकानीबाट थाहा हुन्छ । दुबै जोइ-पोइले अब कुनै पनि हालतमा मिलेर बस्न नसकिने बताइरहेका छन् । 

पवनले युटूबरमाझ आफ्नो निर्णय सुनाउँदै भनेका छन्, 'यो सबै अदालती पक्रिया हो । म मिडियाबाजी गर्न चाहन्नथे । सुम्निामाले गर्दा म पनि बाध्य भएँ । म आधा सम्पती दिन तयार छु । तर, अब सँगै बस्न सकिंदैन ।' 

अघिल्लो दिन मुखभरी घाउ लिएर युटूबरमाझ देखिएका उनले हिजो प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई पनि अन्तर्वार्ता दिए । युटुबमा सार्वजनिक भएको २४ घण्टा नबित्दै उक्त अन्तर्वार्ता ट्रेन्डिङमा समेत आइसकेको छ । हिजो साँझ 'जनता जान्न चाहन्छन' कार्यक्रममा दिएको अन्तर्वार्तालाई पवनले विवादको विषयमा 'अन्तिम अन्तर्वार्ता' पनि भनेका छन् ।  

धमलासँगको अन्तर्वार्ताको कमेन्टमा अधिकांशले प्रश्न सोध्ने र उत्तर दिने दुवैलाई 'पीडित' भनेर सम्बोधन गरेका छन् । त्यो किन ? अन्त्यमा थाहा हुनेछ । 

धमलाले सोधेका छन्, 'श्रीमती हुँदाहुदै अरु केटीलाई गर्भवती बनाएको आरोप छ नि त !',  'श्रीमतिको हैन । सामाजिक अभियन्ता गेमभित्र घुसिरा'छे । जुन तिनीहरुले भिडियो बनाएर ब्ल्याकमेलिङ गरिराथ्यो नि, त्यो भिडियोमा बोल्ने केटी र उल्ले चैं जुन किसिमको डिलिङ गर्न खोजिराथ्यो मसँग, त्यो नमिलेपछि ठ्याक्कै अपोजिट साईटतिर लागेर गेम खेलेको हो', पवनको जवाफमा धमला फेरि सोध्छन्, 'ब्ल्याकंमेलिङ कस्ले गर्यो ?'

ब्ल्याकमेलिङ गर्ने मान्छे एक जना सामजिक अभियन्ता भएको र अहिले पनि ऊ आफ्नी श्रीमती सुम्निमासँगै रहेको बताउँदै पवनले भन्छन्, 'पालैपाले भ्वाईस मेसेज पठाइ'राछ बारबार ।' 

श्रीमान-श्रीमतीको झगडामा 'सामाजिक अभियन्ता' बनेर घुस्ने पात्र हुन्, शर्मिला बाइवा । पवनले अन्तर्वार्ताभर उनको नाम नलिएकनै सुम्निमालाई विवाद बाहिर ल्याउन प्रोत्साहन गरेको बताए । सुनियोजित तरिकाले भिडियो बनाएर आफूलाई ब्ल्याकमेलिङ गरेको पनि उनको आरोप छ । 

धमलासँगको अन्तर्वार्तामा पवनले वाइवाको नाम नलिई 'सामाजिक अभियन्ता' भन्नुको पनि खास कारण छ । किनभने उनै वाइवाको नाम धमलासँग जोडिएको थियो । केही समयअघि उनले आफ्नो पेटमा धमलाको बच्चा बसेको भन्दै ठाउँ-ठाउँमा अन्तर्वार्ता दिँदै हिँडेकी थिइन् । त्यसपछि चर्चामा आएकी उनी अहिले स्वघोषित अभियन्ता छिन् ।

 

हिजो अन्तर्वार्ताका दौरान वाइवाको नाम उच्चारण नगरेका धमलाले नै सम्भवत: पवनलाई पनि नाम लिन रोकेका हुन् । कार्यक्रम हेर्दा लाग्छ, पवनलाई पहिल्यै ऋषिसँग जोडिएर विवादित वाइवाको नाम लिन निषेध गरेर 'सामाजिक अभियन्ता' भन्न निर्देशन दिइएको थियो । किनकि, अस्तिका अन्तर्वार्ताहरुमा उनले खुलमखुल्ला 'वाइवाको नाम लिएका थिए । 

यसरी वाइवाबाट पहिले आरोप लागेका र अहिले आरोप भोगिरहेका दुवैजना एउटै फ्रेममा देखिएपछि अधिकांश दर्शकले उनीहरुलाई व्यंग गर्दै 'पीडित' भनेका छन् । लामा पिकेले लेखेका छन्, 'बिचरा, दुवै जना शर्मिला वाइवाबाट पीडित छन् । हास्नु कि रुनू ?' 

 'ऋषि धमला जी, शर्मिला वाइवाको अन्तर्वार्ता लिनुपर्यो', फविन्द्र थापाले पनि व्यंग गर्दै लेखेका छन् । पवनले बारम्बार 'सामाजिक अभियन्ता' भनेकोमा श्याम लामाले लेखेका छन्, 'त्यो सामाजिक अभियन्ता को हुन्, जनता जान्न चाहन्छ ।' 

मणि गुरुङले भने कार्यक्रमप्रति आपत्ती जनाउदै लेखेका छन्, 'शर्मिला वाइवाको नाम किन काटेर हालेको  ?'

यो पनि...

१.  श्रीमान कलाकारको कुटपिटपछि श्रीमती कलाकारको ‘हारगुहार’

२. शुक्रकिटमा समस्या रहेको श्रीमानको दावी, श्रीमती बूढो मामासँग सुतेको आरोप

टिप्पणीहरू