टम क्रूज र खैरोभाको ब्रेकअप

टम क्रूज र खैरोभाको ब्रेकअप

हलिउड अभिनेता टम क्रूज र एल्सिना खैरोभाको ब्रेकअप भएको छ । प्रेम सम्बन्ध सार्वजनिक भएको महिनादिन नबित्दै यी दुइले ब्रेकअप गरेका हुन् । 

दुई हप्ता अघिमात्र उनीहरुको प्रेम सम्बन्धको समाचार अमेरिकी सञ्चार माध्यमहरुमा भाइरल भएको थियो । तर, महिना नबित्दै सम्बन्धमा पुर्णविराम लागेको समाचार आएको छ । 

६१ वर्षीय टमले ३६ वर्षीय खैरोभासँग डेट गर्दै आएका थिए । त्यसो त टमको ब्रेकअप भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनले आधा दर्जन प्रेमिकासँग ब्रेकअप गरिसकेका छन् । 

औपचारिक रुपमा दुई पटक बिहे गरेका उनका तीन सन्तान छन् । ८०० मिलियनका मालिक टमका तीन दर्जनभन्दा बढी चलचित्र हिट छन् । जसमध्ये 'मिसन इम्पोसिबल' सिरिज सर्वाधिक हिट बन्यो । 

खैरोभा पनि डिभोर्सी महिला हुन् । एक डाइमण्ड व्यापारीसँग बिहे गरेकी उनका दुई सन्तान छन् । सन् २०२० मा उनीहरुले डिभोर्स गर्दा १८८ मिलियन खर्च भएको भन्दै सामाजिक सञ्जालमा चर्चासमेत भएको थियो । 

डिभार्सपश्चात उनी टमसँग रिलेशनमा थिइन् ।

टिप्पणीहरू