पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । 

भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय काटिरहेका खानलाई गुप्तचरको सूचना चुहावट गरेको आरोपमा दोषी ठहर गर्दै विशेष अदालतले उक्त सजाय तोकेको हो । खानसँगै उनकी पत्नी र उनकी बुशरा बिबि र विदेशमन्त्री शाह महमूद कुरैशीले यो सजाय काट्नेछन् । 

खानकी पत्नी बिबीले भने सजायपछि आत्मसमर्पण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । पति-पत्नीमाथि सरकारी सम्पती व्यक्तिगत फाइदाको लागि दुरुपयोग गरेको अदालतले ठहर गरेको बताइएको छ । 

पूर्वप्रधानमन्त्री खानले भने आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन् । उनी आवद्ध राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (टीआईआई) ले ताकेताको पुष्टि गरेको छ । पार्टीले अदालतको निर्णयमा पुनरावेदन गर्ने बताएको छ ।

टिप्पणीहरू