दरबार हत्याकाण्डको छानविन हुन्छ - प्रधानमन्त्री प्रचण्ड

दरबार हत्याकाण्डको छानविन हुन्छ - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानविन गर्ने बताउनुभएको छ । 

आज दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको पनि स्पष्ट पार्नुभयो।

२०५८ सालमा भएको हत्याकाण्डका विषयमा प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले खरो टिप्पणी गरेको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डको यस्तो भनाई आएको हो । हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी देखाइएकोमा आपत्ति जनाउनु भएको थियो ।

टिप्पणीहरू