एनआरएनए विवाद छानबिन गर्न समिति गठन

एनआरएनए विवाद छानबिन गर्न समिति गठन फाइल फाेटाे

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद छानबिको निम्ति समिति गठन गरेको छ । 

एनआरएनएको पछिल्लो महाधिवेशनसहित अन्य विवादबारे अध्ययन गर्न हिजो बसेको क्याबिनेट बैठकले चार सदस्सीय समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ । महान्यायाधिवक्ता कार्यालयका सहमहान्याधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठित समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी बरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य छन् । 

समितिलाई एनआरएनएको विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी, निर्वाचको सम्बन्धमा देखिएको विवाद र लेखा तथा कामकारवाही सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । 

नयाँ नेतृत्व चयनका लागि गत कात्तिकमा भएको एनआरएनएको निर्वाचनमा धाँधली भएको जनाउँदै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । अनलाइन भोटिङ त्रुटीपूर्ण रहेको भन्दै अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले मत परिणाम बहिष्कार गरेका थिए ।  

असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेपछि एनआरएनए विवाद थप चर्किएको थियो ।

टिप्पणीहरू