चीन–किर्गिस्तान सीमानामा ७ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीमा पनि कम्पन

चीन–किर्गिस्तान सीमानामा ७ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीमा पनि कम्पन

चीन र किर्गिस्तानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति २ बजे गएको भूकम्पमा भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । 

झण्डै १४ सय किलोमीटर टाढाको भारतीय राजधानी नयाँ दिल्लीमा समेत भूकम्पको कम्पन महशुस गरिएको प्राप्त समाचारमा बताइएको छ । भूकम्पको धक्का छिमेकी मुलुक काजख्स्तानमा पनि पुगेको छ । 

माइनस १ डिग्रीभन्दा कम तापक्रमको रातिको समयमा भएको भूकम्पपछि स्थानीय घरबाट बाहिर निस्केका छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको सिन्च्याङ प्रान्तको उसी काउन्टीमा परेको छ । शक्तिशाली भूकम्पपछि पटक पटक ५ म्याग्नेच्युडका परकम्पनहरु गएका छन् ।

टिप्पणीहरू