नेपालले सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने

नेपालले सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वको शान्ति र स्थायित्वका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको प्रस्तावका आधारमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र उभिन चाहेको बताउनुभएको छ ।
युगाण्डाको कम्पोलामा आजदेखि शुरु भएको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधामन्त्री प्रचण्डले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताउनुभयो । 

'युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ', उहाँले भन्नुभयो, 'त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।'

नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, 'असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।'

टिप्पणीहरू