जाम्बियामा हैजाले मृत्यु हुनेको संख्या साढे तीनसय बढी

जाम्बियामा हैजाले मृत्यु हुनेको संख्या साढे तीनसय बढी

जाम्बियामा हैजाका कारण मृत्यु हुनेको संखया ३ सय ६२ पुगेको छ । 

गत वर्षको अक्टोबरदेखि फैलिएको हैजा हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित थपिएका छन् । 

देशका १० मध्ये ६ प्रदेशमा संक्रमण फैलिसकेको बताइएको छ । हालसम्म ९ हजार एक सय ५५ जना संक्रमित भएका छन् । 

प्रकोप नघटेपछि जाम्बियाले नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा नयाँ दफा ल्याउने बताएका छन् । 

पहिलेका उपायहरूमा खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो । चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो ।

टिप्पणीहरू