मोटरसाइकलमा लागूऔषधसँगै पैसाको बिटो

मोटरसाइकलमा लागूऔषधसँगै पैसाको बिटो

सर्लाहीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । हरिवन नगरपालिका–७ बस्ने ४० वर्षीय बैजु महरा र सोही नगरपालिका–३ बस्ने ३६ वर्षीय मदनबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट खटिएको टोलीले आज बिहान उनीहरुलाई ब्रहम्पुरी गाउँपालिका–५ बाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्र.२–०३–००७ प ८४०७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरु लागूऔषधसहित फेला परेका हुन् । 

उनीहरुको साथबाट एक सय एमएलको पाँच सय ९२ बोतल वानरेक्स, स्पास्मो–प्रोक्सिभोन प्लस लेखिएको दुई हजार एक सय ६० ट्याब्लेट, नाइट्राभेट तीन हजार ट्याब्लेट र एक लाख पाँच हजार आठ सय १५ रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू