१६ वर्षको उमेरमा अपराध, ४६ वर्षमा पक्राउ

१६ वर्षको उमेरमा अपराध, ४६ वर्षमा पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेका फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई प्रहरीले पक्रेको हो ।  

२०५० मंसिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरेर हत्या भएको थियो । २०६१ भदौ २८ गते जिल्ला अदालतले पूर्णहाङलाई घटनामा संलग्न रहेको ठहर गर्दै तीन वर्ष कैदको सजाय सुनाएपछि उनी फरार भएका हुन् ।

अन्तः दुःखद् घटनाको ३० वर्षपछि पूर्णहाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

टिप्पणीहरू