हिरोले झिके दुई करोड

हिरोले झिके दुई करोड
सुन्नुहोस्

अभिनेता प्रदीप खड्काले अभिनयसँगै रेष्टुरेन्ट व्यवसायमा पनि हात हालेका छन् । उनले अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘प्याराडाइज गार्डेन रेष्टुरेन्ट’ थालेका हन् ।

काठमाडौँको गैरीधारामा अवस्थित उक्त रेष्टुरेन्टमा हिजो साँझ ‘न्यू इयर इभ २०२४’ को समेत आयोजना गरिएको बताइन्छ ।

चलचित्रसँगै आफ्नो व्यवसायिक यात्रा थाल्न करिब दुई करोडको लगानीमा रेष्टुरेन्ट खोलिएको उनले जानकारी दिए । रेष्टुरेन्ट खोले पनि आफ्नो पहिलो प्राथमिकता भने चलचित्रलाई नै दिने उनको भनाई छ ।

पछिल्लो समय प्रदीपको बहुप्रतिक्षित चलचित्र ’प्रेमगित ३’ रिलिज भएको थियो । उनी अहिले नयाँ चलचित्र ’पुजार सार्की’ मा काम गरिरहेका छन् ।
 

टिप्पणीहरू