माओवादीको ‘रूपान्तरण अभियान’ आज सकिँदै

माओवादीको ‘रूपान्तरण अभियान’ आज सकिँदै
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गर्न लागिएको छ ।   

गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले आज अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले पार्टीलाई जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ । 

अभियानले पार्टी संगठन जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ । केन्द्रीय कमिटी बैठकको निर्णयानुसार भदौ १६ गतेदेखि तीन महिने विशेष रूपान्तरण अभियान सुरु गरिएको थियो ।

टिप्पणीहरू