महँगो खाजा खाइरहेका मन्त्रीहरुलाई अबदेखि चिया बिस्कुट

महँगो खाजा खाइरहेका मन्त्रीहरुलाई अबदेखि चिया बिस्कुट

सरकारले क्याबिनेट बैठकको खाजा खर्च कटौती गर्ने भएको छ । राज्यका सम्पूर्ण निकायमा फजुल खर्च कटौती गर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबदेखि क्याबिनेट बैठकको समयमा महँगो खाजा नखुवाउन निर्देशन दिनुभएको हो ।  

आजदेखि लागू हुनेगरी प्रधानमन्त्रीले खाजामा चिया र बिस्कुट मात्र दिन निर्देश गर्नुभएको बताइएको छ । महिनामा औसत ६ देखि ८ पटकसम्म क्याबिनेट बैठक बस्दा खाजामा मात्र लाखौं रकम खर्च हुँदै आएको थियो । 

यसअघि पुष १० गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालको संरचना परिवर्तन गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती भइसकेको छ ।
 

टिप्पणीहरू