सभामुखको गाडी क्रान्तिकारीको कब्जामा

सभामुखको गाडी क्रान्तिकारीको कब्जामा
सुन्नुहोस्

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठनले सभामुख देवराज घिमिरेको निजी सचिवालयका कर्मचारीले प्रयोग गर्ने एउटा गाडी केहीबेर नियन्त्रणमा लिएको छ । 

सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै वैद्यका युवाहरुले आज अपरान्ह पुरानो बानेश्वरमा गाडीलाई केहीबेर नियन्त्रणमा लिएका हुन् । बागमती प्रदेश ००२ झ ६६७१ नम्बरको उक्त गाडीमा सभामुखको सचिवालयका कर्मचारी सवार थिए ।

 

सवारी चालकले परिचयपत्रलगायतका कागजात देखाएपछि क्रान्तिकारीका युवाहरुले गाडी छोडेको सभामुखको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू