रंगशाला अलपत्र पारेर हिँडेका धुर्मुस-सुन्तली ८ वर्षपछि स्टेजमा

रंगशाला अलपत्र पारेर हिँडेका धुर्मुस-सुन्तली ८ वर्षपछि स्टेजमा
सुन्नुहोस्

गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणको काम बिचमै अलपत्र पारेर हिँडेका हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पुरानै कर्ममा फर्किएका छन् ।  

०७२ सालको भूकम्पपछि 'समाजसेवा'मा लागेयता कलाकारिता छोडेका उनीहरू ८ वर्षपछि फेरि कलाकारितामा फर्किएका हुन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा यी दुई एकैसाथ स्टेजमा देखिए ।

महोत्सवमा उनीहरुले आफ्नो प्रस्तुति दिँदै अब पुरानै लयमा फर्केको समेत बताए । पर्दामा देखिने धुर्मुस र सुन्तलीको गेटअपमै झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य गरेका थिए । 

चितवनको भरतपुरमा निर्माणाधीन बहुचर्चित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बिचैमा अलपत्र पारेर धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि यो जोडी विवादमा छ ।
 

टिप्पणीहरू