बढी मूल्यमा ग्यास बेचे कारबाहीको चेतावनी

बढी मूल्यमा ग्यास बेचे कारबाहीको चेतावनी

नेपाल आयल निगमले निर्धारित मूल्यभन्दा बढीमा ग्यास बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । एलपी ग्यास बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बेचेको व्यापक जनगुनासो आएपछि निगमले कारबाहीको चेतावनी दिएको हो । 

निगमले आज तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री नगर्न लिखित आग्रह गरेको छ । ‘निगमले तोकेको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री वितरण भइरहेको समाचार प्रकाशन भएकोमा ग्यास उद्योगदेखि ५० किमिको परिधिभित्र एलपी ग्यासको खुद्रा मूल्य एक हजार ८९५ रुपैयाँ प्रतिसिलिण्डर रहेकाले सोभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न तथा नगराउनुहुन...’, आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

एक हजार ८९५ रुपैयाँभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएमा ‘एलपी ग्याँस विनियमावली, २०६५ (संशोधनसहित)’ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

टिप्पणीहरू