नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा पुग्नुभएको छ । उहाँ नागरिक अभिनन्दनका लागि परिवारका सदस्यसहित सातजनाको टोली लिएर आज दिउँसो बुद्ध एयरको उडानमा त्यता जानुभएको हो । 

टोलीमा पूर्वरानी कोमल शाह, छोरीहरु प्रेरणा र शिताष्म, सागर तिमिल्सिना, जगदिश हमाल र राजेशबहादुर सिंह छन् । 

पूर्वराज परिवारको स्वागत गर्न नागरिक अभिनन्दन मूल समाराेह समितिका संयाेजकसमेत रहेका पूर्वगृहमन्त्री तथा राप्रपा नेता निराञ्जन थापा, शिवशंकर बस्याल, राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, जिल्ला नेता प्रज्वल बाेहाेरा, शिवसेना नेपालका केन्द्रीय सदस्य  बिपिन मल्लिक, रुपन्देही अध्यक्ष पप्पु शर्मा, ॐ रक्षा बाहिनीका केन्द्रीय सदस्य नारायण अर्याललगायतकाे टाेली भैरहवा विमानस्थल पुगेको थियो । 

विमानस्थलमा पञ्चकन्या र पञ्चेबाजासहितकाे स्वागत गरिएको थियो भने ॐ रक्षा वाहिनीले मानव साङ्लो बनाई पूर्वराजा र उहाँको परिवारका सदस्यहरुलाई सुरक्षा दिएकाे थियो । 

पूर्वराजा ज्ञानेन्द्र सपरिवार विमानस्थलबाट बा २१ च ७३१८ नम्बरको गाडी चढेर सिद्धार्थ नगरपालिका-८ अञ्चलपुरस्थित सिद्धार्थ भिल्ला हाेटल पुग्नुभएको छ । पूर्वराजपरिवारलाई सोही होटलमा बस्ने प्रवन्ध मिलाइएको जनाइएको छ ।

टिप्पणीहरू