पूर्वराजा ज्ञानेन्द्र शाह सात जनाको टोलीसहित भैरहवातर्फ

पूर्वराजा ज्ञानेन्द्र शाह सात जनाको टोलीसहित भैरहवातर्फ
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र भैरहवा जाने क्रममा काठमाडौं विमानस्थल पुग्नुभएको छ । उहाँ सात जनाको टोलीसहित महाराजगञ्जस्थित निर्मल निवासबाट निस्कनुभएको बताइएको छ ।

पूर्वरानी कोमल शाहसहित टोलीमा छोरीहरु प्रेरणा र शिताष्मा पनि छिन् । त्यसैगरी सागर तिमिल्सिना, जगदिश हमाल, राजेशबहादुर सिंह पनि पूर्वराजाको टोलीमा भैरहवा जान लागेका हुन् ।

पूर्वराजा रानीलाई भैरहवाको हिडेन प्यालेस होटलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

टिप्पणीहरू