चौधरीको सिमेन्ट कारखानाभित्र मनोमानी,आन्तरिक प्रतिवेदनमा सबथोक किटानी

चौधरीको सिमेन्ट कारखानाभित्र मनोमानी,आन्तरिक प्रतिवेदनमा सबथोक किटानी
सुन्नुहोस्

माननीय विनोद चौधरीको सिजी सिमेन्ट कारखानाका बदमासी र लापरबाहीले सीमा नाघेको छ । कम्पनीको लगातारको अकर्मण्यताका कारण कर्मचारी र मजदुरहरुको बिचल्ली भएको छ भने स्थानीयसमेत रुष्ट छन् । 

केही दिनअघि रैनादेबी छहरा २, सर्देवा पाल्पास्थित उक्त सिमेन्ट कारखानाको माटो बोक्दै गरेको कम्पनीको ट्रिपर स्टेयरिङ फेल हुँदा अपरेटर रिब्दिकोट करौदीका शीरबहादुर पालुङ्गेको मृत्यु भएको छ ।

कर्मचारीहरुका अनुसार पल्टेको गाडीको बीमा र ब्लुबुक नवीकरण भएको छैन । समयमा मर्मत नगर्दा दुर्घटना भएको त्यहाँका चालकहरु बताउँछन् । त्यसैगरी पुरानो स्काभेटरले ग्यास बिक्रेता भण्डारीको घरमा क्षति पुर्याउँदा त्यसको पनि बीमा थिएन । पछि बीमा कायम रहेको नम्बरवाला स्काभेटर देखाएर बीमा दाबी गरिएको छ ।

सिमेन्ट कारखानाले बढाएको वायुप्रदुषण,ध्वनी प्रदुषणका कारण स्थानीयको स्वास्थ्य समस्या जटिल हुँदै गएको छ । त्यहाँको ५० रोपनी सरकारी जग्गा कम्पनीको पर्खालभित्र पारिएको पहिलेदेखि नै स्थानीयले बताउँदै आएका हुन् । कामदार र स्थानीयको माग बढ्दै गएपछि सिजी सिमेन्टको पाल्पा सर्देवास्थित कारखानाबारे कम्पनीबाट स्थलगत अनुगमन गरिएका दुई वटा रिपोर्ट जनआस्थाले प्राप्त गरेको छ ।

रैनादेबी छहरा २, सर्देवा पाल्पास्थित उक्त सिमेन्ट कारखानाको माटो बोक्दै गरेको कम्पनीको ट्रिपर स्टेयरिङ फेल हुँदा अपरेटर रिब्दिकोट करौदीका शीरबहादुर पालुङ्गेको मृत्यु भएको छ ।पल्टेको गाडीको बीमा र ब्लुबुक नवीकरण भएको छैन । पुरानो स्काभेटरले ग्यास बिक्रेता भण्डारीको घरमा क्षति पुर्याउँदा त्यसको पनि बीमा थिएन । पछि बीमा कायम रहेको नम्बरवाला स्काभेटर देखाएर बीमा दाबी गरिएको छ ।

प्रतिवेदनमा कर्मचारी र मजदुरको बीमा बेलैमा नभएको र सुरक्षाको मापदण्ड पालना नगरिएको स्पष्टसँग उल्लेख छ । कम्पनीकै प्रतिवेदनमा भनिएको छ, ‘कारखानाको फोहोरमैलाले स्थानीयको खेतीबालीमा असर पारेको छ । स्थानीय कुलो र खोलो दुर्गन्धित एवम् प्रदुषित भएका छन् । फोहोर व्यवस्थापनको अवस्था निकै नाजुक छ । कम्पनीको तर्फबाट स्थानीयलाई असर पार्न नहुने अवस्था छ ।’

 
कम्पनीका थोत्रा सामान र मेशिन राख्न उपयुक्त स्थानको व्यवस्थापन गर्नुपर्ने भनिएको छ । जथाभावी राखिएको सामानलाई व्यवस्थापन गरेर कारखानालाई वातावरणमैत्री बनाइनुपर्ने राय पनि प्रतिवेदनमा लेखिएको छ । स्थानीय भन्छन्, ‘रिपोर्टमा लेखेर के गर्नु ! धुलो र धुँवा आकाशमा टम्म हुन्छ । सास फेर्न पनि नसक्ने अवस्था छ ।’

कम्पनीको तर्फबाट परमेश्वर भेटवालले १४ नोभेम्बर २०२३ मा तयार पारेको रिपोर्टमा १६ वटा विषय उठाइएको छ । निश्कर्षमा सिजी सिमेन्ट कारखाना पाल्पाको पछिल्लो अवस्था खतरातर्फ उन्मुख भएको र स्थानीयले जुनसुकै बखत चर्को विरोध प्रदर्शन गर्ने सम्भावना रहेको टिप्पणी छ । त्यसका लागि व्यवस्थापनले तत्काल कमजोरीमा सुधार गर्नुपर्ने बताइन्छ । परम्परागत सोचमा परिवर्तन ल्याएर स्थानीयको विश्वास जित्नुपर्ने भन्दै अन्यथा, गम्भीर समस्या उत्पन्न हुने ठहर भेटवालको छ।

तर,स्थानीय समुदाय र कामदारले चिन्तित हुँदै उठाएको मुध्दा र विषयलाई तत्काल सम्बोधन गर्न व्यवस्थापनको पटक पटक ध्यानाकर्षण गराइएको कर्मचारीहरुको दाबी छ । त्यस्तो ध्यानाकर्षणलाई चौधरीले एउटा कानले सुनेर अर्को कानले उडाइदिने गरेका छन् ।

त्यसैगरी भेटवालले नै १७ नोभेम्बर २०२३ मा तयार पारेको जनशक्ति विभागसँग सम्बन्धित र स्टाण्डर्ड अपरेटिङ प्रोसिडुएर्स र इस्युजबारेको प्रतिवेदनमा पनि विभिन्न विषय उठाइएको छ । उनले तत्काल समाधान गर्नुपर्ने भन्दै तीन वटा विषयमा जोड दिएका छन् । प्रतिवेदनमा तोकिएका कतिपय मापदण्ड पालना नगरिएको, कामदार एवम् कर्मचारीको सेवा तथा बीमा नवीकरण नगरिएको र सट्टा बिदा तथा सार्वजनिक बिदा नदिइएको प्रष्ट किटानी छ ।


 

टिप्पणीहरू