सेन्ट्रल अफ्रिकाबाट आएको इथियोपिन एअरलाइन्सको विमान राति सुडान प्रस्थान

सेन्ट्रल अफ्रिकाबाट आएको इथियोपिन एअरलाइन्सको विमान राति सुडान प्रस्थान

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा तैनाथ नेपाली सैनिक टोली बोकेर हिजो अपरान्ह आएको इथियोपियन एअरलाइन्सको विमान राति फर्केको छ । हिजो अपरान्ह साढे ४ बजे काठमाडौं आइपुगेको उक्त विमानमा सेन्ट्रल अफ्रिकाबाट कालिजंग गण शान्ति सेनाको पहिलो डफ्फाबाट मिसन पूरा गरेर २२४ जना आएको बताइएको छ । 

उक्त उडानमा प्रमुख सेनानी विजय बस्नेतको कमाण्डमा मिसन पूरा गरेका २२४ जनासँगै बिदामा आएका अन्य तीन जना पनि छन् । सोही विमान गएराति २ बजे काठमाडौंबाट साउथ सुडान फर्केको छ । सेनाको अरिदमन गण शान्ति सेनाको दशौं डफ्फामा कार्यरत फौजका २१२ जना सुडानमा तैनाथ शान्ति सेनामा सहभागी हुन गएका हुन् । 

सेनानी रामचन्द्र भण्डारीको कमाण्डमा २१२ जना र घरबिदामा आएका अन्य १० जनासमेत कुल २२२ जना साउथ सुडानको जुवा गएको बताइएको छ ।

टिप्पणीहरू