बेलायतीहरुसँग सन्धिको कुरा, श्रीलंकनसँग कैदीको रिहाई

बेलायतीहरुसँग सन्धिको कुरा, श्रीलंकनसँग कैदीको रिहाई

सिंहदरबारको ग्यालरी हलमा हिजो दिउँसो एक विशेष कार्यक्रम आयोजना गरियो । नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । 

नेपाल र बेलायतबीच दुई शताब्दीअघि सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको हो । उक्त सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको थियो । लगत्तै बेलायतले काठमाडौँमा पहिलो राजदूतावास स्थापना गरेको हो । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारीहरु र काठमाडौंस्थित बेलायती राजदूत रोब फेनसहित कूटनीतिज्ञहरु उपस्थित थिए ।

 

हिजै नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक बसेको छ । बैठक होटल याक एण्ड यतिको हलमा आयोजना गरिएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबीच व्यापार र लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । 

हिजोको बैठकमा श्रीलंकाको जेलमा रहेका तीन नेपाली कैदीको स्थानान्तरणको सम्भावना र उपाय बारेमा पनि मन्त्री साउद र श्रीलंकाली मन्त्री साब्रीबीच कुराकानी भएको बताइएको छ ।

टिप्पणीहरू