महिलामाथि दुर्व्यवहारको आरोप लागेका प्रहरी जवान छुटे

महिलामाथि दुर्व्यवहारको आरोप लागेका प्रहरी जवान छुटे
सुन्नुहोस्

कैलालीमा पक्राउ परेका प्रहरी जवान धरौटीमा छुटेका छन् । एक जना महिलामाथि आर्थिक लेनदेनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा समातिएका प्रहरी जवान प्रहरी खोरबाट निस्किएका हुन् ।

जिल्ला प्रशासन स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा पक्राउ परेका बैतडीका प्रहरी जवान दमनबहादुर विष्ट हिजो छुटेका हुन् । उनलाई १० हजार धरौटी तिराइएको बताइएको छ ।

उनलाई केही दिनअघि सार्वजनिक मुद्दा अन्तरर्गत अभद्र व्यवहारमा थुनामा राखिएको थियो । बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । उनी डोटीमा कार्यरत प्रहरी जवान हुन् ।

टिप्पणीहरू