दुइटा राष्ट्रिय नीति र यौटा निर्देशिका क्याविनेटबाट स्वीकृत

दुइटा राष्ट्रिय नीति र यौटा निर्देशिका क्याविनेटबाट स्वीकृत

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० सरकारले स्वीकृत गरेको छ । 

आज बसेको क्याविनेट बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले क्याविनेटका चार वटा निर्णयबारे जानकारी दिनुभएको छ । 

पछिल्लो जनगणनाअनुसार कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका जातजाति (दलितबाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने पनि क्याविनेटको निर्णय छ । सञ्चार मन्त्री शर्माका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनका लागि सो निर्णय गरिएको हो । 

त्यस्तै, अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ र राष्ट्रिय बालबालिका नीति २०७९ पनि आजको क्याविनेटबाट स्वीकृत भएको छ ।

टिप्पणीहरू