करोडौं राजस्व हिनामिना गर्ने मालपोतका हाकिमले सफाई पाएपछि सर्वोच्चमा पुनरावेदन

करोडौं राजस्व हिनामिना गर्ने मालपोतका हाकिमले सफाई पाएपछि सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको अर्को यौटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी एक मुद्दामा विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय बाराका तत्कालिन कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहित तीन जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । उनीहरुले आर्थिक वर्ष २०७५–०७६ को फागुल्न १२ गतेसम्म संकलित राजस्व रकममध्ये चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । 

तर, विशेष अदालतको गत असार १७ गतेको फैसलाले उनीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो । अख्तियारले हिजो पनि विशेषले गरेको दुई वटा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

टिप्पणीहरू