सुदन किरातीलाई मन्त्रीबाट हटाउन पुरुषको समूहले प्रधानमन्त्री भेट्ने

सुदन किरातीलाई मन्त्रीबाट हटाउन पुरुषको समूहले प्रधानमन्त्री भेट्ने

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको धार्मिक समाजले थप संघर्ष चर्काउने भएको छ । 

आज दिउँसो पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको सो समूहले किरातीले राजीनामा नगरे थप विरोधका कार्यक्रम अघि बढाउने बताएको छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र  सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर किरातीको राजीनामा माग्ने उनीहरुको तयारी छ ।  

मन्त्री किरातीले हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधानले नै धर्मनिरपेक्ष राज्य भनेकाले क्रिश्चियन धर्मको विरोध गर्नु दण्डनीय हुने बताएका थिए । उनको उक्त अभिव्यक्ति सनातन धर्म संस्कृतिविरुद्ध रहेको बताउँदै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष तथा राप्रपा नेता पुष्पराज पुरुषको नेतृत्वमा हिन्दुवादीहरुले प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू