घाँटीको उपचार गरेर फर्किन लागेका दुर्गा प्रसाईंले पत्रकारसँग कुरा गर्ने

घाँटीको उपचार गरेर फर्किन लागेका दुर्गा प्रसाईंले पत्रकारसँग कुरा गर्ने

घाँटीको क्यान्सरको  उपचारका निम्ति गतसाता भारतको नयाँ दिल्ली गएका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले स्वदेश फर्केलगत्तै पत्रकार सम्मेलन गर्ने भएका छन् । 

प्रसाईं आज दिउँसो काठमाडौँ आइपुग्ने र एअरपोर्टमै पत्रकारसँग कुराकानी गर्ने भन्दै निम्तो गरिएको छ । दिउँसो पौने १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पत्रकार सम्मेलन हुने जानकारी गराइएको छ ।

घाँटीको क्यान्सरबाट पीडित उनी गत मङ्सिर २७ गते नियमित फलोअपको निम्ति दिल्लीको मेदान्त अस्पताल पुगेका थिए । 

प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ अभियानले मङ्सिर ७ गतेदेखि एक हप्तासम्म राजतन्त्र पुनस्थापना र बैंकको ऋण मिनाह गराउने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । लघुवित्त संस्थाहरुबाट ऋण लिएर तिर्न नसकेका तराई-मधेसका महिला तथा गरिब परिवारका सदस्यलाई ऋण मिनाहाको आश्वासनमा राजधानीमा उतारेर गरिएको आन्दोलन एकहप्तामै फासफुस भएपछि उनी उपचारका लागि भन्दै दिल्ली गएका हुन् । 

प्रसाईं नेतृत्वको समूहले आगामी फागुन १ गते राजा फर्किएको घोषणा गर्दै समानान्तर सत्ता चलाउने घोषणा गरेको छ ।

टिप्पणीहरू