सरकारी तथा सार्वजनिक संस्थानका गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारी तथा सार्वजनिक संस्थानका गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
सुन्नुहोस्

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारी तथा सार्वजनिक संस्थानका गाडीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ । फागुन मसान्तसम्मको समयसीमा दिँदै मन्त्रालयले सरकारी तथा सार्वजनिक संस्थानका गाडीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो । 

कोशी प्रदेशबाहेक अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा दर्ता कायम रहेका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गर्दै मन्त्रालयले २०७९ मंसिर १ गते पत्र पठाएको थियो । हालसम्म पनि सरकारी तथा संस्थानका सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडानको कार्य प्रगति न्यून भएपछि संघीय मन्त्रालयले पुनः प्रदेशका मन्त्रालय र यातायात व्यवस्था कार्यालयहरुलाई पत्र लेखेको हो । 

भनिएको छ,‘हालसम्म पनि अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनहरुमा समेत इम्बोस्ड नम्बर प्लेट जडानको कार्यको प्रगति न्यून देखिएकोले त्यहाँ कार्यालय र मातहतका निकायको स्वामित्वमा रहेका सवारी साधनहरुमा मिति २०८० फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था हुन यस मन्त्रालयको मिति २०८०–०८–२८ को निर्णयानुसार अनुरोध छ ।’

सरकारले सम्पूर्ण सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि लामो समयदेखि प्रयास गरिरहेको छ । तर, भाषाको विवादका कारण इम्बोस्ड नम्बर प्लेट जडानको कार्य अलमलमा परेको छ ।
 

टिप्पणीहरू