शिक्षक फेर्न माग गर्दै कक्षा बहिष्कार गरेका विद्यार्थीहरु आन्दोलनमा

शिक्षक फेर्न माग गर्दै कक्षा बहिष्कार गरेका विद्यार्थीहरु आन्दोलनमा
सुन्नुहोस्

उपप्राध्यापकले पढाएको नबुझिएको भन्दै सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । 

व्यवस्थापन संकायअन्तर्गत बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलनस्वरुप कक्षा बहिष्कार गरेका हुन् । उक्त कक्षाका झण्डै डेढ दर्जन विद्यार्थीले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक परिवर्तन गर्न पनि माग गरेका छन् । 

बिजनेश स्ट्याटिस्टिक्स र बिजनेश कम्युनिकेशन इंग्लिस नबुझिएको उनीहरुले बताएका छन् । बिजनेश स्ट्याटिस्टिक्स दिपेश बराल र बिजनेश कम्युनिकेशन इंग्लिस सन्तोष शर्माले पढाउँदै आएका छन् । कक्षा सञ्चालन भएको एक महिना बितिसक्दा पनि पढाएको केही नबुझिएको विद्यार्थीहरुको भनाई छ । 

‘बिबिएस प्रथम वर्षमा एक महिना अध्ययन गरिसक्दा पनि दुईवटा विषय हामीलाई बुझ्न समस्या भएको कुरा जानकारी गराउँदै कक्षामा आएर अध्ययन गर्नु र नगर्नुको कुनै अर्थ नभएकोले अहिले पढाउँदै आउनुभएका शिक्षकहरुबाट हाम्रो शैक्षिक सहजीकरण असहज भएकोले हामी उक्त दुई विषयमा शिक्षकहरु परिवर्तन गरी हाम्रो गुनासो सम्बोधन गरिदिनुहुन जोडदार माग गर्दछौं’, विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

टिप्पणीहरू