चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा
सुन्नुहोस्

चीनको पाँच सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । विदेशबाट फर्केका (गैरआवासीय) चिनियाँहरुको महासंघ टोली गएराति काठमाडौं आइपुगेको हो ।

अल चाइना फेडरेसन अफ रिटर्नड ओभरसिज चाइनिजका उपाध्यक्ष लिआन सिआओमिनको नेतृत्वमा आएको टोली ग्वाङझौबाट चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६७ मा राति १० बजे आइपुगेको हो ।

टोलीलाई चिनियाँ दूतावासका नियोग उपप्रमुख तथा कार्यवाहक राजदूत वाङ सिनलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको बताइएको छ । भोलि दिउँसो १ बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच १७१ मा क्वालालम्पुर फर्कने टोलीमा लिआन सिआओमिन, लिउ चिङचुन, यिन युनयुआन, चाङ लिआङ र वु लिआङ छन् ।

टिप्पणीहरू