तपाईं सधैं सग्लो रहने हो र ?

तपाईं सधैं सग्लो रहने हो र ?
सुन्नुहोस्

द्वन्द्वकाल, युद्ध स्थल र मिशन ड्युटी खटिएको बेलामा शारीरिक रूपमा अशक्त र अङ्गभङ्ग भएका बिरामी तथा घाइतेलाई नेपाली सेनाभित्र विभेदकारी व्यवहार गरिएको छ ।

आजीवन ह्वीलचेयरको सहारामा बाँच्न विवश सैनिकलाई सेनाले कुरुवा भर्ना वापत १० हजार रूपैयाँ दिने गरेको छ । बढ्दो महँगी र अरुले प्राप्त गर्ने सेवासुविधाका आधारमा यो रकम सतप्रतिशत वृद्धि गर्नुपर्ने भए पनि नेतृत्वले कुनै चासो नदिएको गुनासो छ । कतिपयले भने नक्कली बिरामी भई पाँच–छ पटकसम्मको ओ.पी.डी. पुर्जा देखाउँदै सुविधाको दुरूपयोग गरेका छन् । 

त्यसैगरी सैनिक कल्याणकारी कोषबाट अशक्त निवृत्तिमा जागिर छोड्दा सुविधा नपाउने अवस्था भए पनि नक्कली बिरामी वा अशक्त बनेर सतप्रतिशत सुविधा लिने गरिएको छ । घाइते र बिरामी सैनिकको अवस्था हेरी १० देखि एक सय प्रतिशतसम्म थप रकम उपलब्ध गराउने प्रावधान छ । कुरुवालाई दुई माइल दौडाएर मेडिकल पास गरी मिसनमा पठाइने अनौठो चलन पनि छ । यस्तो सुविधा नक्कली बिरामी खडा भई लिने गरेकाले सक्कली बिरामीहरू मारमा पर्ने गरेका छन् ।

विभिन्न कारणले एउटा आँखा वा दृष्टि गुमाएका सैनिकमाथि पनि विभेद हुने गरेको छ । अहिले पनि एउटा आँखामात्रै हुने शान्ति सेनाको संख्या करिब तीन दर्जन छ । एउटा आँखा नभए पनि सबैजसो मिसनमा सहभागी भएका छन् । यीमध्ये एक जनाले मात्रै कुरुवा भर्ना पाएका छन भने अरु हुस्सिएका छन । यसरी कुरुवा भर्ना गर्न पाउने भाग्यमानी सैनिक बद्रि चौलागार्इं हुन् । उनले डाक्टरले जाँच्दा दुवै आँखा देख्न नसक्ने भनेका थिए । एक जना दुईतारे जर्नेलको आशीर्वादको कारण कारबाही गर्न हिच्किच्याएको अवस्था छ । 

– पीडितहरू

टिप्पणीहरू