क्रिश्चियनको कलेजमा कुटपिट, अध्यक्ष विदेशतिर

क्रिश्चियनको कलेजमा कुटपिट, अध्यक्ष विदेशतिर
सुन्नुहोस्

ललितपुरको सुनाकोठीस्थित नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ ।

सन् १९९५मा विद्यार्थीको रूपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई कलेजको ६ रोपनी ३ आना जग्गाको विषयमा बोर्ड सदस्य राजेश जोशी, प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरेको बताइन्छ । 

यस कलेजको अध्यक्ष भने क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रिष्टियन समाजका सहअध्यक्ष पास्टर मंगलमान महर्जन हुन् । सन् १९८६ मा साउथ कोरियाको तर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आएका डा. सँग हो लिले सुनाकोठीमा उक्त सेमिनार स्थापना गरेका थिए ।

हाल उसको सम्पत्ति ६ रोपनी ३ आना जग्गा मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्दकुमार खड्काको नाममा छ तर मुकुन्दको नशासम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् छोराले हकदाबी गरी २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ । 

यसरी ख्रिष्टियनलगायत धार्मिक समुदायले प्रयोग गर्दै आएको जग्गाबारे राज्य बेखबर भइदिँदा र उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ । 

टिप्पणीहरू