अख्तियारले पनि भूकम्प पीडितलाई सहयोग छुट्यायो

अख्तियारले पनि भूकम्प पीडितलाई सहयोग छुट्यायो

अख्तियारका पदाधिकारीहरुले आफ्नो सात दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले आफ्नो सात दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रमुख आयुक्तसहित सबै पदाधिकारीहरुले सात दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो । 

‘यस आयोगका पदाधिकारीहरुको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

गत शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

टिप्पणीहरू