चीनमा एअर ट्याक्सीको सफल परीक्षण

चीनमा एअर ट्याक्सीको सफल परीक्षण
सुन्नुहोस्

चीनले एअर ट्याक्सीको सफल उडान परीक्षण गरेको छ । सांघाईमा एम १ नामको पाँच सिटे एअर ट्याक्सीको परीक्षण सफल भएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार एअर ट्याक्सी होचो आकाशमा २५० किलोमिटर प्रतिघण्टाको दरले उड्न सक्छ । २० वटा पंखा भएको उक्त एअर ट्याक्सीको तौल २ टन रहेको बताइन्छ ।

सांघाईमा रहेको विद्युतीय कम्पनी भरट्याक्सीले पहिलो उडान गरेको हो ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू