एनआरएनएका विवादित दुई पक्षबीच कफी हाउसमा भेट, पुनः निर्वाचन ‘बटमलाइन’

एनआरएनएका विवादित दुई पक्षबीच कफी हाउसमा भेट, पुनः निर्वाचन ‘बटमलाइन’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी र स्वःघोषित अध्यक्ष आरके शर्माबीच भेट भएको छ । उनीहरुबीच  ठमेलको हिमालयन जाभामा भएको भेटवार्तामा शर्माले पुनः निर्वाचन हुनुपर्ने माग राखेको बताइन्छ ।

शर्माको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चुनावमा अनियमितता भयो, त्यसलाई सच्याउनु भनेको पुनर्निर्वाचन हो । तर केसीले मानेनन् ।’ गत शुक्रबारको निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए । 

निर्वाचन समितिले केसीलाई विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ गराएको थियो । त्यसपछि असन्तुष्ट पक्षले आरके शर्मालाई अध्यक्ष चयन गरेको हो । 

भेरो अनलाइन भोटिङमार्फत् भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको शर्मा पक्षको दाबी छ ।

टिप्पणीहरू