सेनाका कुन कुन पल्टनले अरुलाई जिते ?
नेपाली सेनाले युध्दक बाहिनी अड्डाको ‘युध्दकार्य तथा पेशागत निरीक्षण’ र युध्दक गण तथा अनाश्रित गुल्महरुको केन्द्रीय तहको ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता–२०८०’ को नतिजा सार्वजनिक गरेको छ ।
हरेक तीन वर्षमा सञ्चालन गरिने केन्द्रीय तहको निरीक्षण र प्रतियोगिता गत साउन १४ गते प्रारम्भ भएर असोज ५ गते सम्पन्न भएको थियो । बाहिनीस्तर केन्द्रीय तहको निरीक्षणमा श्री नम्बर ३ बाहिनी अड्डा प्रथम भएको छ ।
श्री नम्बर ९ बाहिनी अड्डा,श्री नम्बर २६ बाहिनी अड्डा, श्री नम्बर २१, श्री नम्बर ५ बाहिनी अड्डा, श्री नम्बर १९ बाहिनी अड्डा क्रमशः द्वितीय, तृतीय, चौथो, पाँचौं र छैठौं भएको बताइएको छ ।
श्री नम्बर ४ बाहिनी अड्डा सातौं र श्री नम्बर ७ बाहिनी अड्डा आठौं स्थानमा परेको छ । त्यस्तै, गणस्तर प्रधान सेनापति ब्यानर प्रतियोगिता, केन्द्रिय तहको निरीक्षणमा श्री श्रीजंग गण प्रथम भएको छ । द्वितीयमा दि फेमस महिन्द्रदल गण, तृतीयमा श्री रिपुमर्दन गण,चौथोमा श्री चन्दननाथ गण परेको छ ।
त्यसपछि श्री जबरजंग गण,श्री पशुपतिप्रसाद गण र श्री रणबम गण रहेका छन् । गुल्मस्तरको निरीक्षणमा श्री हनुमानध्वज गुल्मले प्रथम स्थान बनाएको छ । श्री ईश्वरीबक्स गुल्म, श्री समरजित गुल्म, श्री शत्रुमर्दन गुल्म, श्री बराहदल गुल्म क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौं स्थानमा परेका छन् ।
त्यसैगरी, विभिन्न ११ विधातर्फ प्रथम हुने पदिक गणहरुको पनि नाम घोषणा गरिएको छ । जसमा रिपुमर्दन गण, दि फेमस महिन्द्रदल गण लवगायत छन् । रिपुमर्दन गणले युद्धकला (परम्परागत, अपरम्परागत र एड टु सिभिल अथोरिटी), तालिम, बन्दोबस्ती, कम्व्याट पट्रोल विधामा पुरस्कृत भएको हो ।
दि फेमस महिन्द्रदल गण शारीरिक सहिष्णुता, अपरेशन तथा सुरक्षा, ८१ मिलिमिटर फायरिङ्ग र डिफेन्सिभ फायरिङ्ग विधामा र नक्सा अध्ययन तथा नेभिगेशनमा श्री चन्दननाथ गण, सिग्नल कम्युनिकेशनमा श्री रणबम गण र बाधापार तथा फायरिङ्गमा श्री श्रीजंग गण र श्री कालीध्वज गण प्रथम भएका हुन् ।
टिप्पणीहरू